Logo
Logo

एमालेको ‘उत्सव’ नसकिँदै राजावादीको विरोध र्‍याली रत्नपार्क पुगेपछि…


5.9k
Shares

काठमाडौं । नेकपा एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको -याली रत्नपार्क पुगेपछि घम्साघम्सी भएको छ । तर, बाक्लो सुरक्षाकर्मी खटिएकाले झडप भने हुन पाएको छैन ।

दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन् । प्रहरीले दुई समूहलाई भेट हुन दिएको छैन । एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको हो ।

एकैदिन प्रदर्शन हुने भएपछि प्रशासनले एमाले र राजावादीका लागि छुट्ट छुट्टै समय तोकेको थियो । एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो । राजावादीको कार्यक्रम साढे २ बजेमात्रै रत्नपार्क पुग्नेगरी समन्वय गरिएको थियो । तर, एमालेको कार्यक्रम २ बजेसम्म पनि सकिएको छैन भने राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसकेका छन् ।

एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटीकामा भेला हुन थालेको काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्