Logo
Logo

कुन मन्त्रालयलाई कति बजेट ?


567
Shares

काठमाडौं । सरकारले सबैभन्दा बढी बजेट शिक्षा मन्त्रालयलाई विनियोजन गरेको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटअनुसार सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोज विनियोजन गरेको हो ।

दोस्रोमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ करोड विनियोजन भएको छ । यस्तै तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ ।

यी तीन मन्त्रालयबाहेक अरु मन्त्रालयमा खर्बको बजेट विनियोजन भएको छैन । सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड मात्रै विनियोजन भएको छ ।

कुन मन्त्रालयलाई कति बजेट ?
शिक्षा २ खर्ब ११ अर्ब १७ करोड
भौतिक तथा यातायात १ खर्ब ५२ अर्ब
शहरी विकास १ खर्ब १८ अर्ब ३४ करोड
स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड
ऊर्जा तथा जलस्रोत ८६ अर्ब १ करोड
कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड
खानेपानी ३३ अर्ब ८९ करोड
वन तथा वातावरण १८ अर्ब ६१ करोड
संस्कृति तथा पर्यटन १३ अर्ब २८ करोड
उद्योग तथा वाणिज्य १० अर्ब १४ करोड
सञ्चार ७ अर्ब ७२ करोड
भूमि व्यवस्था ७ अर्ब ४९ करोड
युवा तथा खेलकुद ६ अर्ब ८ करोड
श्रम ४ अर्ब २८ करोड
महिला बालबालिका २ अर्ब ८ करोड

प्रतिक्रिया दिनुहोस्