Logo
Logo

सरकारको बजेटबारे प्रभु साहको टिप्पणी- ‘बिचौलियालाई गुण तिरेको छ’


441
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको टिप्पणी गरेका छन् । 

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को बैठकमा आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३को बजेट मुलुकमा देखिएको समस्या सम्बोधन गर्ने कुनै पनि कार्यक्रम नदेखिएको उनले बताए । 

संसद् भवन बानेश्वरमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै आजपा अध्यक्ष एवं सांसद साहले भने, ‘हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन । नेताहरूको भुँडी भर्ने खालको छ, वितरण पुरै असमान छ ।’

सरकारले नेपालको पूँजी खुलेआम विदेश लान पाउने व्यवस्थाको उनले विरोध गरे । सरकारले २५ प्रतिशत विदेश लान पाउने गरी व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट रहेको उनले बताए । उनले सरकारले बजेट बनाउँदा बिचौलियालाई गुण तिरेको साहले बताए । 

‘प्राकृतिक सम्पदाको अब खुलेआम दोहन गर्न पाउने भयो । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो । गरिब श्रमजीवीलाई बिर्सेको र वैदेशिक रोजगारमा रहेका युवालाई दुखी बनाउने खालको छ,’ आजपा अध्यक्ष साहले भने ।

प्रतिक्रिया दिनुहोस्