Logo
Logo

पाँच घण्टापछि एकतर्फी खुल्यो दुम्किबास सडक


630
Shares

बुटवल । रातभरिको वर्षाका कारण डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक ५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिनअघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण यातायात ठप्प भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्सपेक्टर नारायण थापाले मध्यरातिदेखि अवरुद्ध सडक बिहान ६ बजेदेखि एकतर्फी खुलाइएको बताए ।

उनका अनुसार चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन पनि खोलाले बगाएको छ । सो स्थानमा ठूला मालबाहक गाडीहरु रोकिए पनि रात्रि बस लगायतका अन्य हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योगतर्फको बाटो हुँदै आउ–जाउ गराइएको उनले बताए ।

जेठ १५ गते राति करिब १ बजेदेखि परेको वर्षासँगै बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै दुम्किबासको विनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन बगाएको थियो । अहिले पालैपालो खोला पार गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्