Logo
Logo

गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन


1k
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध जारी राख्ने अडान लिएका छन् । सभामुख देवराज घिमिरेले अवरोध हटाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका हुन् । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मानव तस्करी र भ्रष्टाचारसँग जोडिएको यो विषयमा सरकारले सुधार नगरे अवरोध कायम रहने बताए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग राखे । गृहमन्त्री लेखकले भने यो विषयलाई राजनीतिक पूर्वाग्रहले उचालिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्