Logo
Logo

शेखर कोइराला र गगन थापाबीच ११ महिनापछि भेटवार्ता


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि शुक्रवार भेटवार्ता भएको छ । डा। कोइरालाको बालुवाटारस्थित सचिवालयमा बिहान भएको यो भेटवार्ताको जानकारी कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएका छन् ।

यसअघि गत असार ३० गते मन्त्री चयनको विषयमा दुई नेताबिच छलफल भएको थियो । त्यसयता पहिलो पटक भएको यो भेटलाई महत्त्वपूर्ण मानिएको छ । पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री पदमा उम्मेदवारी दिएका यी दुई नेताबिच पछिल्लो समय सम्बन्धमा चिसोपन रहेको चर्चा थियो। यो भेटले सम्बन्ध सुधारको सङ्केत गरेको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्