Logo
Logo

प्रहरी अतिरिक्त महानिरीक्षक शाहलाई दर्ज्यानी चिन्ह प्रदान


693
Shares

काठमाडौं । नेपाल प्रहरीका नव बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहलाई शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शाहलाई एआईजीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवापश्चात् शाहलाई कार्य विभागमा पदस्थापन गरिएको छ। यसअघि डीआईजी रहँदा उनी प्रहरीको विशेष ब्युरोमा कार्यरत थिए । शाहको यो बढुवा र पदस्थापनाले प्रहरी संगठनमा थप जिम्मेवारी र नेतृत्वको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्