Logo
Logo

काठमाडौंमा यातायात व्यवसायीको चक्काजाम, यात्रुहरू मर्कामा


2.5k
Shares

काठमाडौं । यातायात व्यवसायीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिन शनिवारबाट चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनको पहिलो चरणअन्तर्गत काठमाडौंको चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै तेर्स्याएर एक घण्टासम्म चक्काजाम गरेका छन् ।

व्यवसायीहरूले सरकारलाई आफ्ना मागहरू १९ जेठसम्म पूरा गर्न अल्टिमेटम दिएका छन् । चक्काजामका कारण चक्रपथ क्षेत्रमा यात्रुहरू ठुलो समस्यामा परेका छन् । सवारीसाधन सडकमै रोकिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

यातायात व्यवसायीहरूले आफ्ना मागहरूबारे सरकारसँग वार्ता र समाधानको अपेक्षा गरेका छन् । माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्