Logo
Logo

मधेशमा ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास हुँदै


756
Shares

जनकपुर । मधेश प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास आइतबार ९जेठ १८० मा हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरबाट डिजिटल माध्यममार्फत यो योजनाको शिलान्यास गर्ने कार्यक्रम छ । 

मधेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने लक्ष्यसहितको यो योजनामा करिब ९.६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यो योजना मधेशको ग्रामीण क्षेत्रलाई सहरी केन्द्रसँग जोड्ने महत्त्वपूर्ण कदम भएको बताए । 

“यो मधेशको गौरवको योजना हो, जसले कृषि, व्यापार, पर्यटन र रोजगारीलाई गति दिनेछ,” मन्त्री यादवले भने । उनले योजनाको पारदर्शी कार्यान्वयन, स्थानीय सहभागिता र वातावरणीय दिगोपनामा जोड दिए। यो योजनाले मधेशको समग्र विकासमा बहुआयामिक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्