Logo
Logo

पहिचानको लडाइँमा सधैँ किराँत समुदायको साथमा छु : शेखर कोइराला


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायको साथमा रहेको बताएका छन् । 

उनले नेपाली कांग्रेसले द्वन्द्व समाधान र पहिचानको सम्मानमा विश्वास गर्ने उल्लेख गर्दै संविधानसभा मार्फत संविधान निर्माणको समयमा आफूले पहिचान र समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाएको स्मरण गरे । 

खोटाङको हलेसीमा तुवाचुङ जायजुम संरक्षण समितिले किराँत समुदायको चाड साकेला उभौलीको अवसरमा आयोजित ‘तुवाचुङ डे’को उद्घाटन गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

प्रतिक्रिया दिनुहोस्