Logo
Logo

राजतन्त्रका भारदार र गणतन्त्रका नेतामा फरक छैन :  घनश्याम भूसाल


1k
Shares

ललितपुर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले राजनीतिक पार्टीहरूको पञ्चायतीकरण र नेताहरूमा राजतन्त्रको शैली कायमै रहेको भन्दै तीव्र आलोचना गरेका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले गणतन्त्रको नाममा मात्र स्टिकर टाँसेर साँचो लोकतन्त्र नआउने बताए ।

The current image has no alternative text. The file name is: ghanashyam-bhusal-1-scaled.jpg

महासचिव भूसालले नेताहरू जनता र देश बनाउने दायित्वबाट विमुख भई धन कमाउने र शक्ति आर्जनमा केन्द्रित भएको आरोप लगाए । “पार्टीहरू पञ्चायतजस्ता भए । पञ्चायतमा पनि अलिअलि छलफल हुन्थे । पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ,” उनले भने, “गणतन्त्रको स्टिकर टाँसेर मात्रै हुँदैन। हामी धन कमाउन र धम्काउनमा लाग्यौँ। लोकतन्त्रमा दलहरू नसुध्रिएसम्म प्रगति सम्भव छैन ।”

उनले नेताहरूको विलासी जीवनशैली र व्यवहारमा सुधार नआएसम्म देशको दूरबिन लम्बिने चेतावनी दिए । “हाम्रा नेताहरू र राजाका भारदारहरूमा के फरक छरु नेताहरूको बसाइ, हिँडाइ, भेटघाट र सम्पत्तिमा राजतन्त्रकै झल्को देखिन्छ,” भूसालले प्रश्न गरे । “गणतन्त्रवादीले नैतिकताका साथ यो कुरा किन भन्न सकिरहेका छैनन् ? दोषी को हो ? यो नखोज्ने हो भने हाम्रो अवस्था सुध्रिँदैन ।”

उनले बीपी कोइराला र पुष्पलालले देखाएको वैचारिक मार्गमा सम्झौता गरेकै कारण यस्तो अवस्था आएको भन्दै नेताहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरे। “यो हाम्रो विचारमा गरेको सम्झौताको बदला हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्