Logo
Logo

बहुविवाह मुद्दामा फरार महिला पक्राउ


756
Shares

काठमाडौं । बहुबिवाहको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहँदै आएकी बाजुराकी एक महिला पक्राउ परेकी छन् ।

गौमुल गाउँपालिका–१, अमलेस बस्ने २७ वर्षीया मञ्जु रोकायालाई जिल्ला अदालत बाजुराले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले शनिबार आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्