
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप जिपकेआईसिंह गाउँपालिका–५ केदार गाउँमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै दुर्घटनामा घाइते भएका जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।














