Logo
Logo

कांग्रेसले भ्रातृ संस्थाको अवधि फेरि थप्यो


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको अवधि फेरि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: congress-samsadiye-dal-baithak.jpg

यो समय अन्तिम पटकका लागि थपिएको कांग्रेसले जनाएको छ । भ्रातृ संस्थाको बढीमा असोजसम्मको समय सीमा दिएर अवधि महाधिवशेनन्मुख गराउने निर्णय भएको छ ।

कांग्रेसका १३ मध्ये पाँचवटाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला सङ्घ लगायतले यसअघि तोकिएको समयमा महाधिवेशन गर्न सकेका छैनन् ।  चैत मसान्तसम्मको समयावधिभित्र अधिवेशन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्