Logo
Logo

भुटानी शरणार्थी प्रकरण : साक्षीको बयान लिने आदेश


2k
Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले साक्षीहरूको बयान लिने आदेश जारी गरेको छ। पूर्वमन्त्रीहरू बालकृष्ण खाण र टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेयसहित शानु भण्डारी, सन्दीप रायमाझी, इन्द्रजित राईलगायत ३५ जना प्रतिवादी रहेको यो मुद्दामा सोमबार न्यायाधीश श्यामबिहारी मौरेको इजलासले साक्षी बुझ्ने आदेश दिएको हो ।

अदालतले भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा मुद्दा चलेका बेचन झाको मुद्दालाई पनि सन्दीप रायमाझीसहित ३० जना र केशव दुलालसहित ५ जनासँग जोडिएको मुद्दासँग एकसाथ राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ । यो प्रकरणमा साक्षी बयानले मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्