Logo
Logo

गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : रास्वपा 


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान कायम राख्ने निर्णय गरेको छ । 

सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले गृहमन्त्री लेखकमाथि उच्चस्तरीय छानबिन आयोगमार्फत अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीमाथि प्रश्न उठेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको अभिभावकको रूपमा सदनमा जवाफ दिनुपर्ने बताए । 

रास्वपाले भिजिट भिसा प्रकरणमा कुनै एक व्यक्तिलाई नभई समग्र बेतिथि अन्त्य गर्नुपर्नेमा जोड दिएको झाको भनाइ छ । सोमबारै बसेको रास्वपा सचिवालय बैठकले यो प्रकरणमा संसद्मा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो । यसैगरी, सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउन विभिन्न कमिटी गठन गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्