Logo
Logo

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज दोस्रोपटक सुनुवाइ हुँदै


756
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदैछ ।

गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै अधिवक्ताहरु विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले दायर गरेको रिटमा आज दोस्रोपटक सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा जेठ १४ गते प्रारम्भिक सुनुवाइ हुँदा नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको आधार पुष्टि गर्ने प्रमाण लिएर आजको बहसमा उपस्थित हुन भनिएको थियो ।

गभर्नर पदमा जेठ ६ गते नियुक्त भएका डा पौडेलको नियुक्ति बदरको माग गरिएको रिटमा तत्काल गम्भीर विषयको निर्णयसमेत गर्न नपाउने गरी अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

पौडेलले पहिलो निर्णय नै नयाँ नोट छाप्ने विषयमा गरेकाले उनलाई नोटमा हस्ताक्षर गर्नबाट पनि रोक लगाउनुपर्ने रिट निवेदकको माग छ ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको रिटमा दाबी गरी अधिवक्ताहरू यो रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्