Logo
Logo

मधेसका मुख्यमन्त्रीका प्रेस सल्लाहकारले दिए राजीनामा


1.4k
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले राजीनामा दिएका छन् ।

कर्णले मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकार पदबाट राजीनामा दिएको पत्र सोमबार मध्यरातमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कर्णलाई मुख्यमन्त्री सिंहले ०८१ भदौ ७ मा नियुक्त गरेका थिए । मुख्यमन्त्री सिंह भने जनमत पार्टीका छन् ।

कर्णले फरक संगठनको भएकाले पेसागत यात्रा थप प्रभावी ढंगले अगाडि बढाउन कानुनी र नैतिक रूपले समेत कठिन हुने महसुस गरेर प्रेस सल्लाहकार पदबाट राजीनामा दिएको बताएका छन् ।

‘फरक राजनीतिक सिद्धान्त, विचारधारा र संलग्नता हुने व्यक्तिलाई सामान्यतया नदिइने सो जिम्मेवारी यहाँले मलाई दिंदा मैले मेरो योग्यता र क्षमतामाथि गर्व गर्ने स्थिति बनेको निवेदन गर्दछु,’ उनले राजीनामा पत्रमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्