Logo
Logo

कान्ति लोकपथ भोलिदेखि ४ दिन बन्द हुने


882
Shares

काठमाडौं । कान्ति लोकपथ अन्तर्गत काठमाडौं–हेटौंडा सडक भोलिदेखि चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडान गर्न लागिएकाले उक्त सडक चार दिन बन्द गर्न लागिएको जानकारी दिएको हो ।

यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने छ । यो अवधिमा हेटौंडा–काठमाडौं आउने जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्