Logo
Logo

पोखराबाट आजपनि २० पर्यटक बस काठमाडौं र चितवन स्कर्टिङ


378
Shares

काठामाडौं । पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ । पोखराबाट २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर काठमाडौँ र चितवन पठाइएको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले पर्यटक सवार १७ वटा गाडी काठमाडौं र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको जानकारी बताए । यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्रीसहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौँ आइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो । ती सवारी साधनमा ६ सय जनाभन्दा धेरै यात्रु सवार रहेका डीएसपी थापाले जानकारी दिए ।

यसअघि आइतबार र सोमबार पनि प्रहरीले पर्यटक गाडी स्कर्टिङ गरेर पोखरामाा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यतर्फ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्