काठमाडौं । सार्वजनिक यातायात ठप्प पारेर गरिएको हड्ताल तत्काल हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले हड्तालले नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबी गर्दै हड्ताल खुलाउन आदेश जारी गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि बुधवार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । रिटमा हड्तालका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको र मौलिक हकमाथि अतिक्रमण भएको उल्लेख गरिएको छ ।














