Logo
Logo

राजेन्द्र लिङ्देनले प्रचण्डलाई भने- ‘२०६४ साल अगाडिको जस्तो समय छैन’


1.1k
Shares

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रममा नरहन चेतावनी दिएका छन् । सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अझै भ्रममा रहेको टिप्पणी गरे ।

The current image has no alternative text. The file name is: Rajendra-Linden.png

“भ्रमजालबाट मुक्त हुनुस् र सुध्रनुस् । हिजोको जस्तो समय अब छैन, जनता जागृत भइसकेका छन्,” लिङ्देनले भने । उनले माओवादीको युवा संगठन वाईसीएललाई पनि बदलिएको समय बुझ्न आग्रह गरे । “वाईसीएलका भाइहरूलाई भन्छु, अब २०६४ साल अगाडिको जस्तो समय छैन,” उनले भने ।

लिङ्देनले प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारी (सीडीयो) लाई संविधानविपरीत निषेधाज्ञा लागू गर्ने निर्णय फिर्ता लिन आग्रह गरे । “संविधान विपरीतको निर्णय प्रहरी र सीडीयोले मान्नुहुँदैन,” उनले भने । निषेधाज्ञा विस्तारले नागरिक स्वतन्त्रतामाथि अङ्कुश लागेको भन्दै उनले यसलाई तत्काल खारेज गर्न माग गरे ।

राप्रपाको सडक आन्दोलनले सरकारविरुद्ध जनदबाब बढाउँदै लगेको छ । लिङ्देनको यो भनाइले सत्तारुढ गठबन्धन र विपक्षीबीचको तनाव थप चर्किने सङ्केत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्