Logo
Logo

यातायात व्यवसायीले भोलिबाट आन्दोलन थप सशक्त बनाउने 


1.4k
Shares

काठमाडौं ।  सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले सरकारसँगको सहमति कार्यान्वयन नभए आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । मङ्गलवार जारी विज्ञप्तिमा उनले सङ्घीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे जेठ २१ देखि आन्दोलन सशक्त रूपमा अघि बढाउने उल्लेख गरेका छन् । 

The current image has no alternative text. The file name is: yatayat-banda-1.gif

अध्यक्ष स्वारले देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर र कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । समितिले पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम र सरकारसँगको सम्झौता सार्वजनिक गर्ने जनाएको छ । 

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहमति कार्यान्वयनका गण्डकी प्रदेश सरकारलाई लागि पत्र पठाएको छ, जसबारे गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्