Logo
Logo

प्रधानमन्त्री ओलीसँग भेट्दै दुई आयोगका पदाधिकारी


2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूसँग भेटघाट गर्दै छन् । आयोग गठनपछि प्रधानमन्त्रीसँग हुने यो पहिलो औपचारिक भेट हो ।

The current image has no alternative text. The file name is: oli-7.gif

प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलका अनुसार, भेटमा आयोगहरूको हालसम्मको कार्य प्रगति, सरकारले गर्न सक्ने सहजीकरण, आगामी प्रक्रिया र पीडितहरूलाई परिपूरणलगायतका विषयमा छलफल हुनेछ ।
 
दुवै आयोगले आ–आफ्नो जिम्मेवारी सम्हालेपछि उजुरी आह्वानसहितका काम अघि बढाइसकेका छन् । यो भेटले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्