Logo
Logo

संसदीय समितिमै गृहमन्त्रीको राजीनामा माग


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिन माग गरेका हुन् । देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै उनले १५ दिन भएपनि राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरे ।

‘हाम्रो माननीय गृहमन्त्रीज्युलाई हामीले सुसंस्कृत, संस्कार भएको राजनीतिक कर्मीको रुपमा चिन्छौँ । तर अहिले एउटा मानव तस्करीको विषय व्यापक रुपमा भिजिट भिसाको कुरा उठेको छ । यसमा गृहमन्त्रीज्यूले पहिल्यै दिन राजीनामा दिएको भए उचाई अझ ठूलो हुन्थ्यो,’ उनले भने, ‘अझै पनि अपेक्षा छ, देशमा यति ठूलो मानव तस्कारको काण्ड उठिसकेपछि, सदनमा प्रतिपक्ष सबै उठेर विरोध गरिरहेका छन् भने माननीय गृहमन्त्रीज्युले १५ दिन राजीनामा दिएपनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्