काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।

रौतहटमा पार्टी कामका सिलसिलामा रहेका नेपालले जिल्ला नेताहरूसँगको भेटमा भने, ‘मैले आजसम्म कुनै भ्रष्टाचार गरेको छैन । तर, म विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचार आएको छ । त्यसैले म काठमाडौं फर्किंदैछु ।’ नेपालले आफू सधैँ सुशासनको पक्षमा अडिग रहेको र कसैले आफूलाई भ्रष्टाचारी सिद्ध गर्न नसक्ने बताउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।














