काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार ५.४९ अङ्क अर्थात् ०.२० प्रतिशतले ओरालो लगेको छ । बजार आज ओरालो लागेसँगै २,६४१.४६ को विन्दुमा पूगेको छ ।

बजारमा कुल ७.९७ अर्ब रुपैयाँको कारोबार भएको छ । १.७१ करोड सेयर ७७,६७० कारोबारमा ३११ स्क्रिप्समार्फत किनबेच भएका छन् ।
शीर्ष कमाउनेमा आज रिभर फल्स पावर लिमिटेड रहेको छ । जसको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । दोस्रोमा बुटवल पावर कम्पनी लिमिटेड रहेको छ,जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, प्योर इनर्जी लिमिटेडको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।
आज धेरै गुमाउनेहरुमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएमबी ५०सुपर माई हाइड्रोपावर लिमिटेड रहेका छन् ।











