Logo
Logo

नेप्सेमा सामान्य गिरावट


252
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार ५.४९ अङ्क अर्थात् ०.२० प्रतिशतले ओरालो लगेको छ । बजार आज ओरालो लागेसँगै २,६४१.४६ को विन्दुमा पूगेको छ । 

The current image has no alternative text. The file name is: Share-Market-Down.jpg

बजारमा कुल ७.९७ अर्ब रुपैयाँको कारोबार भएको छ । १.७१ करोड सेयर ७७,६७० कारोबारमा ३११ स्क्रिप्समार्फत किनबेच  भएका छन् । 

शीर्ष कमाउनेमा आज रिभर फल्स पावर लिमिटेड  रहेको छ ।  जसको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ । दोस्रोमा बुटवल पावर कम्पनी लिमिटेड रहेको छ,जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, प्योर इनर्जी लिमिटेडको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । 

आज धेरै गुमाउनेहरुमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड, उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएमबी ५०सुपर माई हाइड्रोपावर लिमिटेड रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्