काठमाडौं । सप्तकोशी नदीमा डुबेर दुई जना सशस्त्र प्रहरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन् ।

सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि आज अभ्यास गरिरहेको थियो । गोताखोर सहितको टोलीले अभ्यास गर्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।
प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट आज सुनसरी र सप्तरीको बीचमा पर्ने सप्तकोशी नदीमा विपदमा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको थियो ।














