काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक जारी छ ।

बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने छ । अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालले भने आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै आएका छन् । रौतहटमा पार्टी कार्यकर्ताहरूसँगको भेटमा उनले भने, “म सधैँ सुशासनको पक्षमा छु, कसैले मलाई भ्रष्टाचारी सिद्ध गर्न सक्दैन ।”














