Logo
Logo

ट्रम्पले गरे चीन जाने घोषणा, सीलाई अमेरिका भ्रमणको निम्तो


2k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन संवाद भएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग डेढ घण्टा कुराकानी भएको सामाजिक सञ्जालमा जानकारी दिएका छन् । धेरै कुराकानी व्यापारबारे भएको उनको भनाइ छ । कुराकानी दुवै देशका लागि सकारात्मक रहेको पनि ट्रम्पले उल्लेख गरेका छन् ।

ट्रम्पले आफू चाँडै चीन भ्रमण गर्ने योजनामा रहेको समेत खुलाएका छन् । उनले चिनियाँ राष्ट्रपतिलाई अमेरिका भ्रमणको लागि निम्तो पनि दिएका छन् । यद्यपि दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् ।

ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटमा ट्रम्पले भने, ’सी जिनपिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन आमन्त्रित गरें । हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौं ।’

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूबीच लामो कुराकानी भएको हो ।

प्रतिक्रिया दिनुहोस्