Logo
Logo

मधेसमा चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा


1.1k
Shares

धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गर्ने बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्