Logo
Logo

गठबन्धनका कारण स्थानीय तहमा महिलाको प्रतिनिधित्व घट्यो : पूर्वराष्ट्रपति भण्डारी


378
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन् । शुक्रवारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष-उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधान विपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको बताइएकी हुन् ।   

The current image has no alternative text. The file name is: bidya1.jpg

उनले आगामी दिनमा दलहरूलाई कानुन मिच्ने काम नगर्न समेत आग्रह गरिन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन  जरुरी छ । नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तहअन्तर्गत स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको जानकारी  दिइन् । संविधानले कम्तीमा प्रमुख उपप्रमुखमध्ये एक जना महिला निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।’

उनले भनिन्,  ‘यस व्यवस्थाले नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएर विकास निर्माणका सारथीको रूपमा उपाध्यक्ष उपप्रमुखहरूलाई अघि सारिएको छ ।’ राज्यका विभिन्न अङ्ग तथा निकायहरूमा महिलाको सहभागिता बढ्दै गए पनि यो औपचारिकतामा मात्र हुनु नहुने बताउँदै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् । भूमिकालाई प्रभावकारी बनाउन महिला जनप्रतिनिधिहरूको कार्यक्षमता, सामर्थ्य र नेतृत्व क्षमता निरन्तर अभिवृद्धि गर्दै लैजानुपर्ने अत्यन्त आवश्यक रहेको औँल्याइन् ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जनसेवा र सामाजिक आर्थिक विकासमा केन्द्रित हुनु पर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्