Logo
Logo

अष्ट्रेलिया पठाउने भन्दै ठगी गरी फरार व्यक्ति पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ माघ ।
अष्ट्रेलिया पठाउने भन्दै ठगी गरी फरार व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले धरान घई भई ललितपुर बस्ने हेमबहादुर घलेलाई पक्राउ गरेको हाे ।


उनलाई अदालतले नौ लाख ८७ हजार चार सय ६६ जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । सोमबार उनी जाउलाखेलमा पक्राउ परेका हुन् ।
अष्ट्रेलियामा पानीजहाजमा काम लगाइदिने भन्दै उनल चार वर्षअघि २९ लाख रुपैयाँ ठगी गरेका थिए । उनी जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्