Logo
Logo

नेकपा अध्यक्ष प्रचण्डद्वारा पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालिकोट र मकवानपुरमा पहिरोमा परी मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज समवेदना व्यक्त गर्दै बाढीपहिरोमा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन । बिहीबार राति परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सिन्धुपाञ्चोकको जुगल गाउँपालिका–२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको थियो । उक्त पहिरामा परी सात जनाको मृत्यु र करिब ३५ जना बेपत्ता भएका थिए । यस्तै कालीकोट महावै गाउँपालिकामा पनि गएराति नै आएको पहिरोमा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो ।

अध्यक्ष प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पु¥याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्