Logo
Logo

जाजरकोटका डिएफओ कार्यकक्षमै कुटिए


2k
Shares

काठमाडौं । जाजरकोटका डिभिजन वन कार्यालय प्रमुख (डिएफओ) अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ ।
आइतबार उनीमाथि कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् ।

शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् ।

यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती युवाहरू त्यहाँबाट फरार भएका थिए । जिल्ला प्रहरी प्रमुख डिएसपी सुवाश शर्माले शाहमाथि कुटपिट भएको विषय जानकारीमा आएको र त्यसमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पनि तीन/चार जनाको समूहले शाहमाथि अन्धाधुन्ध मुक्का प्रहार गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्