
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यको नाम अनुमोदन भएको छ ।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई अनुमोदन गरेको हो ।
त्यस्तै समितिले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ ।














