Logo
Logo

‘भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएका छन्’


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म पार्टीको आन्दोलन र संसद् बहिष्कार जारी रहने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहल सदन ४१ दिनदेखि अवरुद्ध रहको बताउँदै  दुई तिहाइको दम्भले सदन नचल्ने बताए ।

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएका उनको आरोप छ । विश्वभर नेपालीको बदनामी भइरहेको यस्तो गम्भीर विषयमा छानबिन समिति किन नगरेको भन्दै उनले प्रश्न समेत गरे ।
 
उनले भने, ‘भिजिट भिसा दुरुपयोग प्रकरणमा छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्नेछ ।’ सांसद सिंहले सरकारले दुई तिहाइको बहुमतको आडमा सदन सञ्चालन गर्न खोजेको भन्दै आपत्ति जनाए । 

प्रतिक्रिया दिनुहोस्