Logo
Logo

राम,शिव र विश्वामित्र नेपालमै जन्मिएका हुन् : ओली


756
Shares

काठमाडौं । प्रधानमन्त्रीले नेपालमा भगवान् रामको जन्म भएको तथ्यलाई निर्धक्क बोल्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले रामको जन्म नेपालमा भएको दाबीलाई पुनः दोहोर्‍याए ।

The current image has no alternative text. The file name is: oli-pm.gif

उनले भने,  ‘हामी पर्यटनको कुरा गर्छौँ, तर राम नेपालमा जन्मिएको कुरा भन्न किन हिचकिचाउँछौंरु कुनै काल्पनिक कथा बनाएर फलानो ठाउँमा जन्मिए भन्ने होइन, सत्य बोल्नुपर्छ ।’ उनले भने,  ‘रामको जन्म नेपालको भूभागमा भएको हो । त्यतिबेलाको भौगोलिक सीमाना के थियो, त्यो छुट्टै कुरा । तर, अहिले त्यो ठाउँ नेपालमै पर्छ । ’

प्रधानमन्त्रीले सत्य बोल्न कसैको रिसको डर मान्न नहुने तर्क गरे । उनले भने,  ‘रामलाई भगवान् मान्नेले उनको जन्मभूमिलाई पवित्र ठान्छन् ।  यो कुरा हामीले प्रचार गर्न सक्नुपर्छ । कोही रिसाउँछ कि भनेर सत्य लुकाउनु हुँदैन ।’ उनले भने, ‘सत्य बोल्दा कसैलाई रिस उठ्छ भन्ने डर लाग्छ भने हामीले के गर्न सक्छौं ?’ उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए ।  ‘वाल्मिकीकृत रामायणमा राम र लक्ष्मणलाई विश्वामित्रले नेपालकै भूभागमा शिक्षा दिएको उल्लेख छ । कोशी नदी तरेर गएको र कोशी किनारमा बसेकाले विश्वामित्रको नाम कौशिक भएको हो,’ उनले प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्