Logo
Logo

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका तीन न्यायाधीश नियुक्त


2k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतमा तीन नयाँ न्यायाधीश नियुक्त गरेका छन् । 

नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् । 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्