
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लामो समयदेखि बैठक अवरोध गर्दै आइरहेका रास्वपा र राप्रपाले आज पनि संसदमा अवरोध जारी राख्दै बैठक बहिस्कार गरेका हुन्।
भिजिट भिसा प्रकरणको अनुसन्धान गवर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।
त्यस्तै, रास्वपाले अहिले संघीय निजामती सेवा विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह माग गरिरहेको छ ।














