Logo
Logo

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो


1.2k
Shares

जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन्

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्