Logo
Logo

भारतीय वायुसेनाको विमान दुर्घटना : दुई जनाको मृत्यु


1.1k
Shares

काठमाडौं । भारतको राजस्थानस्थित चुरु जिल्लाको रतनगढ क्षेत्रमा पर्ने भानुदा गाउँमा बुधवार भारतीय वायुसेनाको जगुआर विमान दुर्घटनाग्रस्त भएको छ। घटनास्थलमा दुई जनाको शव फेला परेको छ ।  

The current image has no alternative text. The file name is: india.gif

घटना भएको तुरुन्तै प्रहरी र प्रशासनको टोली घटनास्थल पुगेको छ। स्थानीय बासिन्दाका अनुसार आकाशमा ठुलो आवाज सुनिएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो । 

विमान दुर्घटना भएको स्थान मरुभूमि क्षेत्रमा पर्छ। हाल सेना र स्थानीय प्रशासनले शवको पहिचान प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्