Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिवसँग प्रहरीले गर्यो सोधपुछ


2.5k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकसँग प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि केहीबेरअघि परिसर पुगेका पाठकसँग प्रहरीले सोधपुछ गरेको हो ।

नेपालको संविधानले नचिनेको पूर्वराजा शाहलाई ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरिएको विषयमा उनीसँग सोधपुछ गरिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

त्यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गरेको जनाएको छ । वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश भनि उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्