Logo
Logo

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई ज्यान मार्ने धम्की


441
Shares

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रवार जनाएको छ ।


बितेको एक दशकको अधिकांश समय जेलमा बिताएकी मोहम्मदीलाई गत डिसेम्बरमा तेहरानको इभिन जेलबाट मेडिकल बिदामा सीमित समयका लागि रिहा गरिएको थियो।
 
नर्वेको नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीया मोहम्मदीको ‘जरूरी फोन’ आएको बताएका छन् ।
 
उनले भनिन्, ‘मोहम्मदीको आफ्नै शब्दमा भन्ने स्पष्ट सन्देश के हो भने मलाई प्रशासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ज्यान लिर्ने’ धम्की दिएका छन् ।
 
विज्ञप्तिमा भनिएको छ, ‘मोहम्मदीलाई दिइएको धम्कीले स्पष्ट पार्छ कि जबसम्म उहाँले इरानभित्र सबै सार्वजनिक संलग्नता र लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा कुनै पनि अन्तर्राष्ट्रिय वकालत वा मिडिया उपस्थितिलाई  अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्न उहाँको सुरक्षा खतरामा छ ।’

समितिले मोहम्मदी र ‘आलोचनात्मक आवाजसहित सबै इरानी नागरिकमाथिको खतराप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र अधिकारीहरूलाई उनीहरूको जीवनमात्र होइन, उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको पनि रक्षा गर्न आह्वान गरेको छ।

इरानमा मृत्युदण्डको व्यापक प्रयोग गरिएको र महिलाका लागि देशको अनिवार्य ड्रेस कोडविरुद्ध मुखर अभियान चलाएको भन्दै मोहम्मदीमाथि पटक–पटक मुद्दा चलाइएको छ ।
 
उनलाई मुख्यतया इरानमा महिला उत्पीडनविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण योगदानका लागि दुई वर्ष पहिले नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला उहाँ जेलमा रहेकाले उनका छोराछोरीले उनको तर्फबाट पुरस्कार बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्