Logo
Logo

युक्रेनसँगको युद्धमा रूसलाई विनासर्त समर्थन गर्ने किमको प्रतिबद्धता


1.8k
Shares

एजेन्सी । उत्तर कोरियाले युक्रेनसँगको युद्धमा रूसलाई विनासर्त समर्थन गर्ने बताएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो देशले विनासर्त समर्थन गर्ने बताएका हुन् ।

नेता किमले युक्रेनसँगको लडाइँमा रूसले चाल्ने सबै कदमलाई समर्थन र प्रोत्साहन गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले उल्लेख गरेको छ ।

’युक्रेन संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमहरूलाई अहिले र भविष्यमा पनि बिना सर्त समर्थन र प्रोत्साहन गर्न उत्तर कोरिया तयार छ। यो समर्थन उत्तर कोरिया र रुसबीचको अन्तर–राष्ट्रिय सन्धिको भावना अनुरूप हुनेछ,’ किमको भनाइ उद्धृत गर्दै केसिएनएले लेखेको छ ।

नेता किम र रूसी विदेशमन्त्रीबीचको भेटवार्तामा उनीहरूले दुवै देशको हितमा द्वीपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने र आफ्ना जनताको सुख, समृद्धि र उज्यालो भविष्य सुनिश्चित गर्न एक–अर्कासँग नजिकको सहयोग र समर्थन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

किमले रूसी सेना र जनताले राष्ट्रको इज्जत र आधारभूत हितको रक्षा गर्दै, देशको समृद्धिका लागि पवित्र लडाइँ लडेको बताउँदै त्यसमा अवश्य जित हासिल गर्ने विश्वास व्यक्त गरे। युक्रेनसँगको लडाइँमा उत्तर कोरियाले रूसलाई सैन्य सहायता प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्