Logo
Logo

अमेरिकामा कार दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु


2k
Shares

काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । जुलाई १३ मा कार दुर्घटना हुँदा लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु राजन यादव र रोजिन ओलीको मृत्यु भएको हो ।

लुइसियाना प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा यादव र ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो ।

यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हाे । प्रहरीका अनुसार २० वर्षका रोजिनको नेपालको ठेगाना दाङ हो भने २२ वर्षीय राजनको ठेगाना खुलिसकेको छैन । कारमा सवार अन्य २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको लुइसियाना प्रहरीलाई उदृत गर्दै एक स्थानीय अनलाइनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्