Logo
Logo

युलिया युक्रेनकी नयाँ प्रधानमन्त्री नियुक्त


6.7k
Shares

एजेन्सी । युक्रेनकी उपप्रधानमन्त्री युलिया स्वीरिडेन्को प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३९ वर्षीया युलियालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

स्वीरिडेन्को पेशाले अर्थशास्त्री हुन् । अमेरिकासँग भएको खनिज सम्झौतामा उनले खेलेको भूमिकाले उनलाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको थियो ।

प्रधानमन्त्री पदमा आफ्नो नाम सिफारिस भएपछि स्वीरिडेन्कोले एक विज्ञप्ति जारी गर्दै युद्धग्रस्त युक्रेनको अर्थतन्त्र सुधार, घरेलु सहयोग कार्यक्रमको विस्तार र हतियार उत्पादन तीव्र पार्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएकी छन् ।

सरकारी कामकाजमा हुने ढिलासुस्ती अन्त्य, व्यापार प्रवद्र्धन र अनावश्यक खर्च कटौती गर्ने विषयमा पनि उनले स्पष्ट अडान लिएकी छन् । राष्ट्रपति जेलेन्स्कीले स्वीरिडेन्कोको नेतृत्वमा सरकारको कार्यशैलीमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्