Logo
Logo

संगीत नै मेरो सौख र सपना हो


अभिज्ञा घिमिरे, गायिका

4.5k
Shares

यतिखेर ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीत चर्चामा छ । गायक स्वप्निल सुमन र गायिका अभिज्ञा घिमिरेले गाएको उक्त गीतलाई युट्युबका दर्शकले निक्कै रुचाएका छन् । यसै गीतमार्फत अभिज्ञा अहिले चर्चामा छिन् । केही फिल्ममा समेत स्वर दिइसकेकी उनी भन्छिन्, ‘दर्शक तथा स्रोताको सकरात्मक प्रतिक्रियाबाट खुसी छु ।’ नेपाली सांगीतिक क्षेत्रमा आफ्नो चर्चा चुलिँदै गर्दा गायिका अभिज्ञा भन्छिन्, ‘गीतसंगीत क्षेत्रलाई नै करिअर बनाउने सोचमा छु ।’ अभिज्ञा ‘सारेगम लिटिल च्याम्स’की टप–पाइभ फाइनालिस्ट हुन् । यिनै १९ वर्षीया गायिका अभिज्ञा घिमिरेसँग दृष्टिको जम्काभेट :

तपाइँको पछिल्लो गीत चर्चामा छ, कस्तो महसुस भइरहेको छ ?

दर्शक तथा स्रोताले ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीतलाई रुचाएका छन् । उक्त गीतबाट दर्शक एवं श्रोताको माया पाइरहेकी छु । जुन गीतमा धेरै जनाले टिकटक र रिलहरू बनाउनुभएको छ । दर्शकले मप्रति दर्साएको माया र हौसलाप्रति आभार व्यक्त गर्न चाहन्छु । कलाकारका लागि दर्शक÷श्रोताको माया र हौसला नै सबथोक हो । जसबाट काम गर्ने आत्माविश्वास बढेको छ ।

फिल्म ‘उनको स्विइटर’मा गाउनुभएको गीत पनि राम्रै चल्यो नि ?

–हो, त्यो गीतलाई पनि दर्शक तथा श्रोताले माया गरिदिनुभयो । लाखौँ स्रोता÷दर्शकले मनपराउनु भएको छ । यो फिल्मको गीत मात्र होइन, फिल्म पनि सुपरहिट भयो ।

एकपछि अर्को सफलता पाउँदै जाँदा कतिको खुशी हुनुहुन्छ ?

काम गरेर सफलता पाउँदा म मात्र होइन, सबै खुशी हुन्छन् । म पनि खुशी छु । मेरो स्वरलाई श्रोताले मन पराइदिनुभएको छ । मलाई लाग्छ, यस्तो माया सधैँ पाइरहुँ । मैले अहिले संगीत क्षेत्रलाई नै कर्मथलो बनाएको छु । अझ मिहेनत गरेर अगाडि बढ्ने सोचमा छु ।

तपाईँको गायनयात्रा कसरी सुरु भयो ?

म चार वर्षको हुँदादेखि नै भजन गाउँथे । सानैदेखि गाउने रहरले गर्दा गुुरु माधवराज श्रेष्ठसँग भजन सिकेँ । त्यसपछि मैले गुरु श्री केसीसँग शास्त्रीय संगीत सिकेँ । त्यही बिचमा शास्त्रीय संगीतका लागि परिचित किरातेश्वरका केही सांगीतिक प्रतियोगितामा गाउन थालेँ । पुरस्कारहरु पनि जितेँ । संगीतमै भविष्य देख्न थालेँ । त्यसै समयमा ‘सारेगम लिटिल च्याम्स’मा भाग लिएँ । टप–५सम्म पुुगेँ । त्यसपछि मलाई गाउने अफरहरू आउन थाल्यो । त्यसपछि नै मेरो गायनयात्रा औपचारिक रुपमा अगाडि बढेको हो ।

चार वर्षकै उमेरमा गाउने रहर कसरी जाग्यो ?

आज म यसो सोच्छु, मलाई त्यो कसरी आयो थाहा छैन । मलाई गाउने रहर भएलगतै मेरो मामु, बाबाले पनि साथ दिनुभयो । आज म यही कर्ममा छु ।

रियालिटी शो ‘सारेगम लिटिल च्याम्स’बाट तपाईँका लागि अवसरको ढोका खुलेको हो ?

त्यसै भन्नुपर्ला । म जब सारेगम लिटिल च्याम्समा सहभागी भएँ, त्यसी शोले धेरैले मलाई चिनेँ र अवसरहरू आए । यो कुरा मैले स्वीकार्नुपर्छ ।

तपाईँको ‘सांगीतिक ब्यान्ड’ पनि छ ?

तीन वर्षदेखि हामी सातजना मिलेर ‘द सुरताल’ नामक ब्याण्ड चलाइरहेका छौँ । हामीले धेरै ठाउँमा प्रस्तुुती दिने मौका पाइरहेका छौँ ।

एक समय चलेका र स्थापित ब्याण्डहरू पनि हराउने अवस्थामा छन् । तपाईँहरूको ब्यान्ड कसरी चल्दैछ ?

हो, अहिले धेरै राम्रा र पुराना ब्याण्डहरू हराइरहेका छन् । यो सम्झिँदा दुःख लाग्छ । कसैले चाहेर पनि निरन्तर दिन सकेका छैनन् । कतिको मन मिल्दैन किनकी, व्याण्ड एक्लैले चल्दैन । यो टिमवर्क हो । तर, वर्षौँदेखि निरन्तर चलेका व्याण्डले नाम, दाम पनि राम्रै कमाएको देखेका छौँ ।

आउँदै गरेको तीजका लागि विशेष केही छ कि ?

केही गीत ल्याउँदैछु । महेश खड्का सरको संगीतमा यसपटक तिज गीत आउँदैछ । दर्शक झुम्ने र नाच्चने खालको गीत ल्याएको छु । मेरो तिज गीतलाई पनि मनपराइदिनुु हुनेछ भन्ने आशा राखेको छु ।

सांगीतिक क्षेत्रबाट तपाईँको आम्दानी कस्तो छ ?

राम्रै छ, भइरहेको छ । अवसरहरू पनि आइरहेको छ । विस्तारै अझ राम्रो हँुदै जाला भन्ने आशा र अपेक्षा गरेकी छु ।

तपाईँ गाउनबाहेक मोडलिङमा रूचि छ कि छैन ?

मलाई खासै क्यामरा फेस गर्न मन लाग्दैन । मलाई आफ्नै गीतमा पनि धेरैले आगाडि आऊ भन्छन् । फोटोसुट पनि गर भन्नेहरू धेरै छन् । तर मलाई यतातिर खासै इच्छा छैन । मान्छेको आ–आफ्नो सौख हो । हेरौँ, जरुरी प¥यो भने सोच्नुपर्ला ।

पछिल्लो समय गायनमा युवाको आकषर्ण बढ्दै गएको हो ?

मलाई पनि यस्तै लागेको छ । यो क्षेत्रमा नयाँ नयाँ अनुहारहरू आइरहेका छन् । यो खुुसीको कुरा हो । कोही रहर र सौखले गायनमा आइरहेका छन् भने कोही करिअर बनाउनका लागि । सबैको आ–आफ्नै रहर र इच्छा हो ।

फुसर्दमा के गर्नुहुन्छ ?

अहिले पढाइ छैन । प्लस–टुको रिजल्ट कुरिरहेकी छु । यो बिचमा म्युजिक सुन्छु । म्युजिक अभ्यास गर्छु । खाना बनाउन रहर लाग्छ, खाना बनाउँछु । बेला बेला ममीसँग नाचेर रमाइलो गर्छु ।

प्रतिक्रिया दिनुहोस्