Logo
Logo

इरानमा पानीको अभाव


315
Shares

तेहरान । इरानमा जारी गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले त्यहाँका बासिन्दालाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन् ।

The current image has no alternative text. The file name is: iran-3.gif

विशेषगरी, इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव एक प्रमुख मुद्दा हो । खानेपानी अभावको लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठह¥याइएको छ ।

शनिवार राष्ट्रिय मौसम सेवाले इरानमा अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ता रेकर्ड भएको र केही क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको थियो ।
 
तेहरान नगर परिषद्का अध्यक्ष मेहदी चाम्रानले भने, ‘नागरिकहरूले पानीको मागको दबाब कम गर्न मुहानहरूको संरक्षण र पानीको हिफाजतपूर्ण प्रयोग गर्नुपर्ने देखिएको छ ।’

इरानका अधिकारीहरूले हालैका दिनहरूमा यस्तै अपील जारी गर्दै धेरै प्रान्तका बासिन्दाहरूलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेका छन् ।

तेहरानको प्रान्तीय जल व्यवस्थापन कम्पनीले पानीको अभाव कम गर्न ‘कम्तिमा २० प्रतिशत’ प्रयोग घटाउन आह्वान गरेको छ । तेहरानलाई पानी आपूर्ति गर्ने बाँधका जलाशयहरू हाल ‘एक शताब्दीको सबैभन्दा न्यून स्तरमा रहेको’ विज्ञप्तिमा जनाइएको छ ।  

अधिकारीहरूले सङ्कटलाई कम गर्न राजधानीका केही भागहरूमा पानीको चाप घटाएका छन्, जसको परिणामस्वरूप केही क्षेत्रमा ‘१२ देखि १८ घण्टासम्म पानी कटौती’ भएको इरानी पत्रिका जावनले शनिवारको समाचारमा जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्